कर्णाली साँस्कृतिक समाजको साँस्कृतिक कार्यक्रम सहित उद्धाटन,

कर्णाली सास्कृतिक समाज पञ्चपुरीको उद्घाटन कार्यक्रम एक कार्यक्रमका बिच बाबियाचौरमा सुरु भएको छ । कर्णालीमा रहेको संस्कृतिको जगेर्ना गर्न स्थापना भएको संस्थाले पहिलो दिन हिजो बाजागाजा झाँकी सहित बजार परिक्रमा गरि कार्यक्रम गरिएको हो । २ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन विभिन्न भजन, स्थानीय नृत्य तथा हुड्के नाच समेत प्रदर्शन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले कला संस्कृतिको जगेर्ना गर्न नगरपालिकाले आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने समेत बताउनुभएको छ । भण्डारीले संस्थाको भवन निर्माणका लागि बजेटको ब्यवस्थापन गरि यसै बर्षमा भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । संस्कृति जगेर्ना गर्दै मनोरञ्जन पनि मानिसका लागि महत्त्वपूर्ण भएको हुदा त्यसका लागि सबैले सहयोग आवश्यक रहको समेत उहाले बताउनुभएको छ ।
कार्यक्रमको दोस्रो दिन आज बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा देउडा खेल सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...