लकडाउनको पहिलो दिन पञ्चपुरीमा बजार बन्द, आवतजावतमा फितलो, बैक धमाधम संचालन,

23 पटक हेरिएको

गए रातीदेखि सुर्खेतमा निषेधाज्ञा लागु भएपनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । सुर्खेतमा निषेधाज्ञा लागु भएपछि बैकहरुमा ATM सेवा मात्रै संचालन हुने भनिए पनि पञ्चपुरी नगरपालिका भित्रका राष्ट्रिय बाणिज्य बैक, कुमारी र एनसिसि बैकहरुले सामाजिक सुरक्षा भत्ता बितरण तथा बैंकिङ्ग कारोबार संचालन गरेको पाइएको छ ।
पञ्चपुरी नगरपालिका र आसपासका क्षेत्रमा विहानैदेखि सजिलै मोटरसाइकल र मान्छे ओहोरदोहोर गरिरहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १४ गते रातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरे पनि यातायतामा सजिलै मान्छेहरु आउजाउ गरिरहेका छन् ।
यता ईलाका प्रहरी कार्यालय बाबियाचौरले नगरपालिकाले सामुदायिक स्वास्थ्य ईकाई लाटिकाडा पठाउन लागेको औषधी बोकेको अटो रिक्सा लाई नियन्त्रणमा लिएर केही समय पछि छोडेको छ । पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले यस्तो संबेदनसिल समयमा स्वास्थ्य सामाग्री बोकेको गाडि रोक्नु प्रहरीको कमजोरी भएको बताउनुभएको छ । आफुले नगरपालिका बाट कोरोना रोकथामका लागि प्रयास गरिरहेको तर प्रहरीले मास्क नलगाई हिड्ने र गाडीमा ओहोर दोहोर गर्ने तर्फ ध्यान दिनु भन्दा उल्टै स्वास्थ्य समाग्रीमा ध्यान दिनु उपयुक्त नभएको बताउनुभएको छ ।


यस बिषयमा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले औषधी बोकेको आफुलाई जानकारी नभएको र पछि बिस्तृत जानकारी लिएर छोडेको प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...