१४ बैशाख, सुर्खेत ।
वाइसीएल नेपाल पञ्चपुरी नगर कमिटीको दोस्रो सम्मेलन पञ्चपुरीमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिन्दमान बिष्टको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट तारा बहादुर बुढा अध्यक्षता मा ३१ सदस्यीय नगर कमिटी गठन भएको छ ।
जसकाे उपाध्यक्षमा देबि कसेरा, ध्वज बहादुर नेपाली, छबिलाल सार्की रहनुभएकाे छ । त्यसैगरी सचिवमा महेन्द्र बिक, काेषाध्यक्ष सरिता बिक र सहसचिव दिपेन्द्र शाही र राम समशेर थापा रहनुभएकाे छ ।













