जोशीद्धारा नेपाली कांग्रेस पञ्चपुरी २ को बीपी स्मृति भवनको उद्घाटन,

63 पटक हेरिएको

नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका वडा नं २ सुर्खेतमा निर्माण भएको बीपी स्मृति भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । २०७१ सालमा पञ्चपुरी नगरपालिका वडा नम्बर २ बस्ने तुलाराम निउरे चक्रपाणी निउर,े भागरथी निउरे, गौरीदेवी निउरे, मनकला रामजाली र कुलबहादुर रामजालीले वडा पार्टी कार्यालयको भवन निर्माणका लागि जग्गा दान गर्नुभएको हो ।
भवनको आज नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि संघिय सांसद हृदयराम थानीले पार्टीको संगठन विस्तारमा सबैजना सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । पार्टीभित्र वैचारिक मतभेद भए सबैले आ आफ्नो ठाउँबाट परिवर्तन भएर सुध्रिएर जानुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभएको छ । साथै उहाँले विकास निर्माणका काममा आफूले निरन्तर लागिरहेको र आगामी दिनमा पनि पश्चिम क्षेत्रको विकासका लागि निरन्तर खटिरहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले पार्टीभित्र सबैले त्याग गर्न सक्ने गरी लाग्नुपर्ने बताउनुभएको छ । एकअर्कामा परस्पर विरोध गर्ने भन्दा पनि पार्टीलाई मजबुत बनाउन कसरी सकिन्छ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै उहाँले आफूले आगामी दिनमा कुनै पनि पदमा दाबी नगर्ने र अन्य नेताहरुले पनि त्यागको भावना राख्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
यसै यसैबीच आज नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को आयोजनामा वडा नम्बर ९ मा अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ । डाक्टर महेन्द्र कुमार मल्लले दिनुभएको प्रशिक्षणमा पार्टीको लक्ष्य उद्देश्य तथा सिद्धान्तका बारेमा जानकारी दिएको छ । नेपाली कांग्रेस पार्टीलाई कसरी बलियो बनाउने र संगठन विस्तार गर्ने कुरामा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा शिक्षण कार्यक्रममा छलफल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...