नेपाल राष्ट्रिय आधारभूत विद्यालय तोक्मा र कालिका मन्दिरको अक्षयकोष निर्माण तथा श्रबाङ्गीण विकासका लागि महामहोत्सव हिजोदेखि पञ्चपुरी ३ सुर्खेतमा सुरु भएको छ । बैशाख १९ गतेसम्म सञ्चालन हुने महा महोत्सवमा विद्यालय र मन्दिरको विकासका लागि अक्षयकोष स्थापना गरिने भएको छ । महोत्सबमा विश्व प्रसिद्ध शृंगारिक महाआरतीको दर्शन, सुसंस्कारित समाज निर्माण, राष्ट्रिय कलाकारद्वारा भजनकीर्तन, प्रवचन, झाँकी प्रदर्शन, बालसंस्कार तथा धार्मिक जागरण कार्यक्रम हुने भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले महामहोत्सव सञ्चालन गरेर विद्यालय र मन्दिरको विकासका लागि गरेको प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ । यो महाअभियानमा पञ्चपुरीका सम्पूर्ण नागरिकहरूलाई सहभागी हुन र सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । महामहोत्सवमा शान्ति बजार देखि पञ्चपुरी २ को बजार परिक्रमा गरेर कलश यात्रा गरिएको थियो । उद्घाटन कार्यक्रमको पहिलो दिन विभिन्न भजन किर्तन तथा झाँकी प्रदर्शन गरिएको हो ।
