सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा पञ्चपुरीको बाबियाचौरमा आज देखि बि डिभिजन लिगका फुटबल खेल संचालन हुने भएको छ । बाबियाचौरको बिपि रंगशालामा हुने खेलमा ८ ओटा टिमको सहभागिता रहेको छ ।
आज हुने छनौट चरणको पहलो खेल युएसआइ क्लब चौकुने र युनियन क्लब सालकोट बिच दिउसो २ बजे हुने खेलकुद बिकास समिति पञ्चपुरीका संयोजक कृष्ण रावलले जानकारी दिएका छन ।
छनौट चरणका सहभागि क्लवको आधारमा २ वा ३ क्लवलाइ छनौट गरि ए डिभिजन लिगका खेल खेल्नको लागि छनौट गरिने भएको छ । खेलमा एस वाइ सी क्लव पञ्चपुरी ८, त्रिशक्ति क्लव घाटगाउ, यु एस आइ क्लब चौकुने, युनियन क्लब सालकोट, सफलता क्लब कुनाथरी, सुर्यशक्ति क्लव पञ्चपुरी ३, फाइभस्टार क्लव पञ्चपुरी ६ र सृजनशिल क्लब तातापानीको सहभागिता रहेको छ ।
