ब्यवसायिक याेजना सम्बन्धि तालिम सम्पन्न,

कारितास काेरियाकाे सहयोग पञ्चपुरी वडा नं १० काे समन्वय तथा एकता फाउन्डेसन नेपालकाे अायाेजनामा नेपाल काेभिड १९ अार्थिक पुनर्लाभ परियाेजना अन्तरगत पञ्चपुरीका नागरिकलाई २ दिने तालिम सम्पन्न भएको छ ।

पञ्चपुरी नगरपालिकाकाे वडानं १० का ६ अाेटा समुहका ६० जनालाई ब्यवसायीक याेजना सम्बन्धी तालिम संचालन गरिएको हाे । तालिममा ब्यवसायकाे बारेमा जानकारी, सफल ब्यबसायीमा हुनुपर्ने गुण लगाएतका बारेमा छलफल गरिएको संस्थाका कार्यकारी निर्देशक दुर्गा घर्तिले जानकारी दिनुभएको छ ।

तालिमको सहजिकरण डिलु घिमिरेले गर्नुभएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...