नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको पञ्चपुरी सभापतिमा बडुवाल चयन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ आज बाबियाचौरमा गठन गरिएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको विद्यार्थीहरूको भेलाले २१ सदस्यीय नगरस्तरिय समिति गठन गरेको हो । भेलाले नेविसंघको पञ्चपुरी नगर सभापतिमा भरत बडुवाल क्षेत्री छनोट भएका छन् । त्यसैगरी उपसभापतिमा रमेश देउवा, अमिशा सञ्ज्याल सचिव धर्मराज कँडेल, वीरेन्द्र पोखरेल सहसचिव रेखा बिसी, जनक विक चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा चेतन बुढा, भुपिन नेपाली, इन्द्रबहादुर टमटा, पूजा बिक, चेतन टमटा, मनिषा बयक चयन भएका छन ्। त्यसैगरी कञ्चन कुमार पौडेल, तपिन नेपाली, चाँदनी बिक, चाँदनी जोशी, मनिषा रेग्मी, कल्पना बटाला, हरि बिक र टेकबहादुर नेपाली रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले नेविसंघलाई चलायमान बनाएर लैजानुपर्ने सबैको आवश्यकता भएको बताउनुभएको छ । साथै उहाँले यसमा विभिन्न परिवर्तन तथा आन्दोलनमा नेविसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेविसंघको सहयोग र साथमा नेपाली कांग्रेस सुर्खेत सदैव प्रतिबद्ध रहने समेत रावतले बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति इन्द्रबहादुर रावल, क्षेत्र नम्बर २ ख का प्रदेश सभापति तेजबहादुर बस्नेत, नेपाली कांग्रेस पञ्चपुरी नगर सभापति कृपाराम थापा, लगायत वडा सभापति, र जिल्ला स्तरका नेता, तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । नवराज ढकालले सञ्चालन गरेको कार्यक्रम विद्यापुर जनता बहुमुखी क्याम्पसका सभापति चेतन नेपालीको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...