सहकारी शिक्षा सम्बन्धि तालिम बाबियाचौरमा सम्पन्न

सहकारी शिक्षा सम्बन्धि एक दिने तालिम बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी कृषि सहकारी संस्था वडा नम्बर ९ विद्यापुर सुर्खेतको आयोजनामा सहकारी शिक्षा सम्बन्धि एकदिने तालिम तालिम हिजो बाबियाचौरमा सम्पन्न भएको हो । पञ्चपुरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्लीराम तिवारीको अध्यक्षतामा भएको तालिममा संस्थाका २५ जना सेयर सदस्यहरूको सहभागिता रहेको थियो । पञ्चपुरी कृषि सहकारी संस्थाले संस्थाका २५ जना सेयर सदस्यहरूलाई सहकारीको उद्देश्य र फाइदाको विषयमा प्रशिक्षण प्रदान गरिइएको थियोे ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष दिल्लीराम तिवारीले पञ्चपुरी कृषि सहकारी संस्था सहकारीको नीति नियम र ऐन अनुसार सञ्चालनमा रहेको बताउँदै सहकारीका सेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेर चेतनामूलक जानकारी दिनुभएको थियो । उहाँले सहकारी शिक्षा तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, सहकारी सम्पत्ति गठन गर्ने, संस्थागत सुशासनलाई सुदृढ बनाउने विषयमा जोड दिनुभएको थियो । यस्तै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गङ्गाराम घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक डिला सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...