सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ रागमा भएको अागलागी बाट ४ घर जलेर नष्ट भएका छन । साझ सवा ६ बजे एक्कासि भएको अागलागी बाट स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका ४ अाेटा घर, ४ गाेठ, ४ चर्पी, १ गाेरू र कुखुराको खाेर जलेर नष्ट भएकाे छ ।
अागाे कसरी लागेको भन्ने जानकारी नभएको र स्थानीय नागरिक, प्रहरीकाे टाेलीले अागाे निभाउने प्रयास गरिरहेकाे छ । अागलागी बाट भएको क्षेतीकाे थप बिबरण अाउन बाकी रहेकाे छ ।