६ बैशाख, सुर्खेत ।

टिडिएच जर्मनको आर्थिक सहयोग आवाज संस्थाको आयोजनामा नेतृत्व विकास तालिम आजदेखि सुरु गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ मा रहेका महिला समूह बाल समूहका प्रतिनिधिहरूलाई तीन दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु गरिएको हो । वडामा रहेका बालसमूह, युवा समूह र महिला समूहहरूको क्षमता बढाई न्यायमा पहुँच अभिवृद्धि गर्नको लागि तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा समूहका २५ जना सहभागीहरूको सहभागिता रहेको छ। पञ्चपुरी नगरपालिका वडा नम्बर ११ तातापानीमा तालिमको सञ्चालन गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने तालिममा उमाशंकर आचार्यले सहजीकरण गर्ने आवाज संस्थाका सामाजिक परिचालक कोकिला कठायतले जानकारी दिनुभएको छ। तालिममा आवाज संस्थाका कार्यक्रम निर्देशक पवित्रा शाही र निशा पौडेलको सहभागिता रहेको थियो।