वडा स्तरीय स्थानीय बालअधिकार समितीको बैंठक पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानमा सम्पन्न भएको छ । आस्था नेपाल वल्ड भिजनको सहजीकरण तथा पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान वडा कार्यलयको सहयोग समन्वय र स्थानीय बालअधिकार समितीको आयोजनामा वडा स्तरिय स्थानीय बालअधिकार समितीको बैंठक शुक्रबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा स्तरमा अति जोखिममा रहेका २५ जना बालबालिकालाई वडा कार्यलयले शैक्षिक सामाग्री तथा विद्याालय पोशाक र झोला लगायताका सामग्री सहयोग गरेको छ ।
बैठकमा वडास्तरका जोखिममा परेका बालबालिकाको तथ्यांकलाई ब्यबस्थापन गर्ने कार्य संगै वडा स्तरमा रहेका बालबालिकाको बाल समृद्धिमा टेवा पुगाउने उद्वश्यका साथ बालअधिकार समितिले बाल अनुगमन गर्ने, साथै बालबालिकाको भर्ना दर लाई सतप्रतिशत पुगाउनका लागि सबै समुदाय स्तरमा भर्ना अभियानकै रुपमा प्रचारप्रसार गर्ने कार्यक्रमको उदेश्य रहेको आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले बताउनुभयाे ।
