पानी सुरक्षा योजना सम्बन्धी ३ दिने तालिम कमलबजारमा आजदेखि सुरु

33 पटक हेरिएको

खानेपानी तथा सरसफाइ  योजना सुरक्षा सम्बन्धी तीन दिने तालिम कमलबजारमा आजदेखि सुरु भएको छ । कमल बजार नगरपालिका एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र रुडेक नेपालको प्राविधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित खानेपानी तथा योजना अन्तर्गत पानी सुरक्षा योजना सम्बन्धी तीन दिने तालिम शुक्रबारबाट कमलबजारमा सुरु भएको हो । खानेपानी तथा सरसफाइ  योजना सुरक्षा सम्बन्धी तालिम ७ ८ र ९ गते सम्म हुने स्रोतले जनाएको छ ।
रुडेक नेपालका फिल्ड संयोजक टङ्क बहादुर बोहराले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने हेल्भेटास नेपाल बाँस अफिसर सम्झना ढकालले पानी सुरक्षा योजनाको दिगोपना कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट पार्नुभएको समाचारको जानकाी ग्रामीण रुडेक नेपालका सामाजिक सहजकर्ता जानकी तिमिलसैना जानकारी दिनु भयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुँवर बिष्टले खानेपानीलाई स्वच्छ र सफा बनाउनका लागि सबैले खानेपानीका मुहानहरू सफा सुगर राख्नुपर्ने बताउँदै कार्यक्रम अवधिमा सिकेका कुरालाई कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्नुभएको थियो साथै उहाँले खानेपानी सम्बन्धी नगरपालिकाले पनि आगामी योजना बनाएको बताउनुभएको थियो ।
खिरेचौका खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष निता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवर रहनुभएको थियो । उक्त तालिममा कमलबजार नगरपालिकामा २०२३ मा सम्पन्न भएका विभिन्न खानेपानी योजनाका अध्यक्ष, ,सचिव,कोषाध्यक्ष,सदस्य,र ग्रामीण मर्मत सम्भार कार्यकर्ता कमलबजार खानेपानी शाखा प्रमुख नवबहादुर शाही, रुडेक नेपालका कर्मचारी परशुराम घिमिरे, दिपेन्द्र सामन्त, टंकप्रसाद भट्टराई, जानकी तिमिल्सैना लगायत नगरबासी सम्पुणको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रुडेक नेपालका प्राविधिक संयोजक धनराज जोशीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...