बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट पञ्चपुरी न.पा. वडा न १ देखि ११ सम्मका उम्मेदवारको टुङ्गो लगाएको छ । स्थानीय निर्वाचन परिचालन कार्यबिधि अनुसार छलफलका माध्यमबाट अध्यक्षका उम्मेदवार छनौट गरिएको नगर कमिटि अध्यक्ष केशव शाहीले जानकारी दिनुभएको छ ।
अध्यक्ष शाहीले उम्मेदवार छनौट गरिएको र गठबन्धनका कारण भागबण्डा भएपछि उम्मेदवारहरुलाइ एक कदम पछि सरेर पार्टिको निर्देशनमा रहि चुनाबी प्रचारमा लाग्नुपर्ने समेत जानकारी दिनुभयो ।
नगर कमिटिको बैठकले वडा नं. १ मा नर बहादुर बि.क, २ मा लक्ष्मी बि.क., ३ मा डिल बहादुर तारामी, ४ मा केशव बहादुर शाही, ५ मा रेशम बरैलाइ उम्मेदवार बनाएको छ ।
त्यसैगरी वडा नं.६ मा नर बहादुर सिजापती, ७ मा प्रेम बहादुर सावद, ८ मा रण बहादुर महतारा, ९ मा ओमप्रकाश सुवेदी, १० मा रघु बि.क. र वडा न.ं ११ मा प्रेम बहादुर बि.क. अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।