राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पञ्चपुरीका १९ वटा बिद्यालयहरु छनौट ,

27 पटक हेरिएको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सुर्खेतकाे पञ्चपुरी नगरपालिका मा १९ वटा सामुदायिक बिद्यालयहरु छनौटमा परेका छन । बिद्यार्थीहरुको अनुपात हेरी आवश्यकताको आधारमा बिदालयहरु लाई छनौट गरीएको हो । बिद्यालयको माग फारम अनुसार स्थानिय तहले सिफारीस गरेका बिद्यालयको बिबरण अनुसार बिद्यालयहरु छनौटमा परेका हुन ।

२ काेठे भवन निर्माणका लागि ८ शाैचालय निर्माणमा ३ र कम्प्युटर ल्यावमा ८ अाेटा बिद्यालय गरि १९ अाेटा बिद्यालय छनाैट भएका हुन । पञ्चपुरी नगरपालिका भित्र का ५३ अाेटा सामुदायिक बिद्यालय मध्य ३० अाेटा काे अाबेदन परेकाे र अावेदन केन्द्र मा पठाएको द्रोणराज पाठकले जानकारी दिनुभयो ।

२ काेठे भवन निर्माण कार्यक्रम तर्फ शिद्धेश्वरी माबि दहसान्ने, जनज्योति अाधारभुत बिद्यालय भावर, बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैर, सरस्वती प्राथमिक बिद्यालय नार्सी, सहिद स्मारक प्राथमिक बिद्यालय डाब, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय मुरमुरी, भेरी प्राथमिक बिद्यालय चाम्री र शान्ति प्राथमिक बिद्यालय बाबियाचाैर रहेका छन । त्यसैगरी शाैचालय निर्माणका लागि जनता माद्यामिक बिद्यालय बिद्यापुर, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय सिम्ताचाैर र कालिका प्राथमिक बिद्यालय बच्छी छनाैट भएका छन ।

कम्प्युटर ल्यावका लागि नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय ताेक्मा, पाैरखी प्राथमिक बिद्यालय लगाम, बिद्याज्याेती अाधारभुत बिद्यालय कुईने, कालिका प्राथमिक बिद्यालय तिखाकुना, नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय लेखकाेट च्युरी, नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय हासेगाउ, बिद्याज्योती माद्यामिक बिद्यालय सुन्दरपुर र सुन्दर जागरण प्राथमिक बिद्यालय लामिदमार रहेका छन । छानाैट भएका बिद्यालयकाे भवन निर्माण गर्न १८ लाख, शाैचालय निर्माण गर्न ७ लाख र कम्प्युटर ल्यावका लागि ६ लाख ५० हजार बजेट उपलब्ध गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...