सञ्चारकर्मी कडेलद्वारा पत्रकार बस्यालमाथि जातीय विभेद

61 पटक हेरिएको

संचारकर्मी तथा पञ्चपुरी नगरपािलका सुर्खेका  दिलिप कडेलले दादागिरी शैलीमा रेडियो बिजी एफएमका संचालक एव्म पत्रकार टेकेन्द्र बस्यालमाथि जातीय विभेद गरेका छन् । संचारकर्मी कडेलले सामाजिक संजालमार्फत पत्रकार बस्यालमाथि जातीय विभेद गरेकाे उनका सामाजिक सञ्जाल म्यासेन्जरबाट गरेको च्याटबाट प्रष्ट खुलेको हो । सामाजिक सञ्जाल म्यासेन्जर माफर्त कानुनले प्रतिबन्ध लगाएका शब्दसमेत उनले आफ्नो मर्यादाको ख्याल नगरी तिवारीसंगकाे कुराकानीमा अपशब्दहरू  प्रयोग गरेको  प्रष्ट खुलेको छ ।

कडेलले गएको चैत १० गते र फागुन १४ गते फेसबुकमार्फत जातीय अपमान र अपशब्द प्रयोग गर्दै विभेद गरेका हुन् । जातीय भेदभाद तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ विपरीत कडेलले जातीय विभेद हुने र जातीय अपमानजनक शब्द प्रयोग गरेका थिए ।  कडेलले जातीय भेदभाद तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ दफा ४ को उपदफा १२ विपरीत पत्रकार बस्यालमाथि विभेद गरेका हुन् ।

कडेलले अर्का संचारकर्मी विक्रम तिवारीसंग कुराकानी गर्दै गएको चैत १० गते अरु दलित साथीहरु फरक होलान् तर त्यो दलितको दलित नै हो निच सोचाई भएको दलित हो त्यो भनि लेखका छन् । यस्तै गएको फागुन १४ गते निगालाको लौरी, दलित संगको सौणी पार लाग्दैन् भन्थे बुढापाकाले शब्द लेखि पत्रकार बस्याललाई विभेद र अपमान गरेका हुन् ।

यता संचारकर्मी दिलिप कडेलले भने आफुले रेडियोमा काम गर्न छोडिसकेको र कार्यालयको ल्यापटपमा आफ्नो फेसबुक एकाउन्ट लगईन रहेको हुदा म्यासेज दुरुपयोग गरेको बताएका छन । उनले आफुले त्यो च्याट नगरेको र त्यसमा सत्यता नरहेको बताएका छन । उनले १ दिन अगाडि आफ्नो आईडि दुरुपयोग भएको फेसबुकमा लेखेका छन ।

जातीय भेदभाद तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ दफा ४ को उपदफा १२ ले कसैले श्रव्य दृश्य सामग्री, लेख रचना, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात जाति वा उत्पतिका व्यक्तिको उचनीच दर्शाउने, जात जातीका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहराउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचारण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुदैन्, भनी उल्लेख गरेको छ । उक्त ऐनको दफा १२ बमोजिमको कसुुरमा कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक बर्षसम्म कैवा वा पाँच सय रुपैँयादेखि दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।

आफूमाथि जातीय विभेद भएको भन्दै पत्रकार बस्यालले आफू प्रहरीमा जाहेरी दर्ता गरि कानुनी उपचार खोज्ने बताए ।पत्रकार कडेलमाथि जातीय विभेद मुद्धा दर्ता भएमा कानुन अनुसार एक महिनादेखि एक बर्षसम्म कैद वा पाँच सय रुपैँयादेखि दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था हुने छ ।

 सच्याईएको , सञ्चारकर्मी दिलिप कडेलको भनाइ समेट समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...