सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्याे

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...