कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज चितवनमा आयाेजित एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।”

जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।”

जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताउनुभयो । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...