नेपाल राष्ट्रिय आधारभूत विद्यालय पञ्चपुरी ३ तोक्माको ४३ औँ वार्षिक उत्सव सम्पन्न

21 पटक हेरिएको

नेपाल राष्ट्रिय नेपाल राष्ट्रिय आधारभूत विद्यालय पञ्चपुरी ३ तोक्माको वार्षिक उत्सव आज सम्पन्न भएको छ । विद्यालयको ४३ औँ वार्षिक उत्सव आज विभिन्न कार्यक्रम गरी मनाइएको हो । विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबुमाया चपाईंले विद्यालयको आर्थिक अवस्था तथा प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा भौतिक संरचनाहरू जीर्ण बन्दै गएको र शैक्षिक गुणस्तरका लागि विद्यार्थीको चाप अनुसार शिक्षक व्यवस्थापन लगायतका कुराहरु अभाव भएको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी अभिभावकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । साथै उहाँले आफ्ना बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको बारेमा अभिभावकले पनि चासो र चिन्ता लिन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले पञ्चपुरी नगरपालिकाभरिका विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ठोस योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।

साथै उहाँले विद्यालयको अवस्थालाई मध्यनजर गर्दै यस अघि पनि दरबन्दी व्यवस्थापन गरिएको र आगामी दिनमा थप सहयोग तथा समन्वय गर्ने बताउनुभएको छ । कार्यक्रममा पूर्व विद्यालयका अध्ययनरत विद्यार्थी शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...