रमेश बिष्टद्वारा लेखिएको गजल : जग्गा जमिन धितोमा राखेर

15 पटक हेरिएको

एक दिन फर्कन्छन दाजुभाइहरु लाशलाई माटोमा राखेर
छोरा पँढन पठाए बुवाले सबै जग्गा जमिन धितोमा राखेर

छोरा छोरि ठुला भए पछि आफ्नो खुसिका लागि गाउँ छाडे
आमाले भने नखाई भोकै बसि पालेकि हुन गाँदोमा राखेर

यो देशको कानुन दैवले जानुन हजुर पिडितले न्याँय पाएन
बरु उल्टै गोलि हान्ने आदेश दिन्छ सरकार दोबाटोमा राख

आफ्नाहरुले फुल छरिदिएका हुन फुलमाला पनि लगाई दिए
बाई बाई गरि आशु झार्दै फर्किएका हुन ठुलो खाल्डोमा राखेर

कति पिडा हुन्छन होला छोरा मान्छेलाई बुझ्नु भएको छ हजुर
जन्म दाता आमा वुवालाई जलाउने पर्छ हैहातले आगोमा राखेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...