भेरीगंगा ८ मा जग्गाधनी लालपुर्जा वितरण,

दिलिप ढकाल, गुर्भाकोट सुर्खेत ।

भेरीगंगा नगरपालिका वडा नम्बर ८ का कोटमाझखर्क जग्गाधनीका लालपुर्जा आज वितरण भएका छन । मैनतडाको पिपल चौतारामा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय भुमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाले आज वितरण गर्नु भएको हो ।

आजको कार्यक्रममा वडा नं. ८ का १०२ जना व्यक्तिहरुलाई पुर्जा वितरण गरिएको हो ।पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले आजका दिनदेखि वडा नं. ८ का सवै जनताले निरन्तर पुर्जा पाउने बताउनु भयो । आफ्नो कार्यकालमा पुर्जा वितरण कार्यमा कुनै कसर बाकी नराख्ने बताउदै अध्यक्ष निरौलाले काममा सहयोग गर्न सवै निकायलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले आफ्नो कार्यकालको दुई महिनाको प्रगती विवरण सुनाउदै कामका सहयोग गर्ने सवै निकाय तथा कर्मचारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग पाउने आशा व्यक्त गर्नु भयो ।भेरीगंगा नगरपालिका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका केन्द्रिय सदस्य गोवद्र्धन वली, उप प्रमुख रेणु आचार्य, जिल्ला आयोगका पदाधिकारी, मालपोत तथा नापी कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगाएको उपस्थिती रहेको थियो ।

यसैविच आजै गुर्भाकोट नगरपालिका भीत्रका कोटमाझखर्क अन्तर्गतका ३२ जना जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिएको छ । वितरण गरीएका पुर्जाहरुको श्रेष्ता मालपोत कार्यालय मेहेलकुनामा बुझाउने र छिट्टै श्रेष्ता मोठ कायम गरिने अध्यक्ष श्रीधर पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...