वर्ल्ड भिजनका कर्मचारी मल्लद्वारा अनाथ बालबालिकालाई सहयोग

अछाम पञ्देवदल विनायक नगरपालिका वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा कार्यरत कर्मचारी मेनका मल्ल सिंहले आफ्नो जन्मदिनको अवसरमा एक बुबा गुमाएका बालकलाई मासिक एक हजार रुपैया बचत गरिदिने भएकी छन् । सिंहले जन्मदिनको अवसरमा बालकलाई १८ वर्ष उमेरसम्म मासिक एक हजारका दरले सहयोग गर्ने घोषणा गरेकी हुन् ।

मेनकाले पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोली गाउँका जोखिममा रहेका स्व।बिर्ख विकको दुई वर्षको छोरा नरेश विकलाई आफ्नो व्यक्तिगततर्फ मासिक एक हजारका दर बाल बचत रहने गरी १८ वर्ष उमेरसम्म बचत तथा आफ्नो सन्तानको माया सरह व्यवहार रहने प्रतिबद्धतासहित सहयोग गर्नुभएको वडाध्यक्ष कमल रावलले जानकारी दिए ।
मेनकाको उक्त कार्यका लागि वडा कार्यालय सम्मान गरेको वडा कार्यालयले जनाएको छ । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं १० निवासी मल्लले सामाजिक अभियान्ता मेनकाले विगतमा रोल्पामा रहेका तीन जना बालिकाहरुलाई छोरीको रुपमा स्वीकार गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...