रमेश बिष्टद्वारा लेखिएको कविता : यो संसारको सबै खुसी दिने आमा

13 पटक हेरिएको

कमलबजार नगरपालिका वडा नम्बर ५ स्थित महाकाली माध्यमिक विद्यालयका लेखापाल एवं साहित्यकार रमेश बिष्टद्वारा लेखिएको आमाप्रति समर्पित मार्मिक कविता यसरी सुरु हुन्छ ।

यो सँसारको सबै खुसि दिने आमा
शास हुन आमा धडकन हुन आमा
प्राण हुन आमा उत्सव हुन आमा
आँखा हुन आमा सुख हुन आमा

भोक लाग्दा बोलि नै भोजन आमाको
जुन झै चम्किने आमा
आमाले बोल्दा छोरा छोरिले बोलेको दिन
आमा विमारि हुदा मलम ओैषधि हुन आमा

आफु फाटा लुगा लगाएर सन्तानलाई नयाँ दिने आमा
बसन्त ऋतु झै आमा
पालुवा हरु हरियो भए झै सन्तानलाई
पालुवा बनाउने आमा
मिठो मसिनो खुवाउने आमा
आफु भोकै बसेर सन्तान लाई खुवाउने आमा

नाङ्गै खुट्टा हिडेर सन्तानले चप्पल दिने आमा
आफु रुयर सन्तानका लागि हासि रहने आमा
जति दुख पिडा भए पनि मुस्कुराउने आमा

प्रेणाको खानी माया ममताले भरिपुर्ण आमा
जुन तारा झै आमा
ओेैशिको रातमा उज्यालो दिने आमा
मधुर स्वरकि धनि आमा माायाकि खानि आमा

शान्ति कि दुत आमा
क्रान्तिकारी योद्दा आमा
घाम जाडो आमा

फुलको सुन्दरता आमा
सुन्दर सँसार देखाउने आमा
हिम शिखर आमा पर्वत आमा

मठमन्दिर आमा भगवान आमा
दुख पिडा टाढा गराउने आमा
सुर्य भन्दा माया घाम दिने आमा

शितल हावा दिने आमा
उध्यारोमा उज्यालो दिने आमा
ऋणको भारिमा पनि खुसि दिने आमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...