सुर्खेतका ९ वटै पालिकामा गठबन्धन हुने,

सुर्खेतमा सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले सुर्खेतका ९ वटै पालिकामा गठबन्धन बनाएर जाने निर्णय गरेका हुन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरी जाने भनिएको छ । यस्तै,नेकपा एसका अध्यक्ष मोहन बडुवालका अनुसार सबै दलबाट १० जनाको संयन्त्र पनि बनाउने निर्णय गरिएको छ ।

विज्ञप्तिमा नेकपा एसबाट मोहन बडुवाल, कांग्रेसबाट जिल्ला सभापति खड्क पोख्रेल, माओवादीबाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राजमोबाट गोविन्द सुवेदी र जसपाबाट टोपबहादुर दर्लामीले हस्ताक्षर गरेका छन् । गठबन्धनको मूल मर्म अनुसार अघि बढन कायकर्तालाई निर्देशन समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...