कर्णाली सांस्कृतिक समाज सुर्खेतको वार्षिक उत्सवमा न्याउलेखेल सञ्चालन

66 पटक हेरिएको

कर्णाली सांस्कृतिक समाज पञ्चपुरी ५ सुर्खेतको प्रथम वार्षिक उत्सव आज पञ्चपुरी ४ बरैचेमा सम्पन्न भएको छ । कार्यक्रममा समुदायमा हुने गरेका विभिन्न रहनसहन संस्कृति झल्किने खालका नृत्य हुड्के, न्याउले खेल, पुतला, झ्याउरे लगायतका प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ । कार्यक्रमको उद्घाटनमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले कर्णाली सांस्कृतिक समाजले छोटो समयमै विभिन्न संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
साथै उहाँले आगामी दिनमा संस्कृति संरक्षणका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। कार्यक्रममा प्रकाश शाह नम्रता जैसी लगायतको टोलीबाट न्याउले खेल समेत खेलिएको छ । कार्यक्रम समाजका अध्यक्ष रणबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...