सराेकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न,

25 पटक हेरिएको

UNDP को आर्थिक सहयोग र YGGP को सहजीकरणमा पञ्चपुरी नगरपालिकामा सञ्चालित कार्यक्रमक‍ो आयोजनामा स्थानीय सरकार तथा नगरपालिकामा रहेका सराेकारवालाहरु संगकाे समन्वयात्मक बैठक तथा छलफल कार्यक्रम सुर्खेतकाे बाबियाचौरमा सम्पन्न भएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले बिपन्न तथा एकल महिलाहरुका लागि संचालन गरिएको कार्यक्रम राम्रो भएको बताउनुभएको छ । साथै भण्डारीले संस्थाले गरेकाे लगानी लक्षित बर्गले सहि सदुपयोग गरि काम गर्नुपर्नेमा जाेड दिनुभएको छ ।

त्यस्तै नगर उप प्रमुख मुक्ति रेग्मीले संस्थाले गरेकाे सहयोग काे उपलब्धि बारेमा नगरपालिका बाट पनि बेला बेलामा अनुगमन गरिने बताउनुभएको छ । सुशील घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य विमालाई प्राथमिकता दिने सहमति भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...