बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लघुबित्त कार्यक्रम बाबियाचौर शाखाले मृतक सदस्यका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।
बाबियाचौरको सेवा केन्द्र अन्तरगत केन्द्र नं १४३ जामुका बिन्द्रा ढकालको यस अघि असामहिक निधन भएको थियोे । बिमा सुबिधा सुरु गरेको संस्थाले आज मृतकका परिवारलाई बचत ४८ हजार ३ सय ६७, जीवन आवास सुरक्षण बापत १ लाख ३१ हजार ५ सय, पेन्सन ब्याज ११ हजार ५ सय मा ५ सय ७५ कर कट्टी गरि १ लाख ९० हजार ७ सय ९० रुपैया मृतकका श्रीमान खकिन्द्र प्रसाद ढकाल हस्तान्तरण गरेको छ ।
बाताबरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लघुबित्त कार्यक्रम बाबियाचौर सेवा केन्द्र संचालक उपसमिति संयोजक गंगा सिग्देलले रकम हस्तान्तरण गर्नुभएको हो ।