कर्णाली सरकारकाे जनता अावाश कार्यक्रमले नागरिककाे बिचल्ली,

34 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ८ माझिगाउका गंगाराम मिजारकाे ५ जनाकाे परिवार छ । मिजारका २ छाेरा १ छाेरी छन । श्रीमती पबिसरा बिक र अाफु दैनिक काम गरेर अायअार्जन गर्छन । दाउरा काटेर, अरुकाे जग्गा जमिनमा खेति गरेर अन्न उत्पादन गरेर मिजारले परिवार पाल्दै अाएका छन । मिजारकाे न त जग्गा जमिन छ, न त बस्नकाे लागि घर नै । माझिगाउकै अाफ्नाे दाजुकाे घरकाे एउटा काेठामा मिजारका ५ जनाकाे परिवार बस्छ । भान्छा, खाने र सुत्नकाे लागि मिजारले त्यहि काेठा प्रयाेग गर्छन ।

मिजारका छाेरा छाेरी गाउकै सरकारी बिद्यालयमा पढ्छन । दैनिक ज्याला मजुदुरी गरेर अाम्दानी गर्ने मिजारकाे परिवार पाल्ने १ मात्रै बिकल्प हाे । “बुवा हामी कति दिन एउटै काेठामा बस्ने हाम्रो घर भए कति अानन्द हुने थियोे” मिजार कि छाेरीले बुवालाई प्रश्न गरिन । याे कुराले मिजारलाई साह्रै मन पिराेल्याे तर घर बनाउने मिजार संग न त पैसा थियोे नत जमिन नै । एकदिन मिजारले घर वनाउन सरकारले साढे ३ लाख रुपैयाँ अनुदान दिदैछ,त्यसमा तपाईंको पनि नाम छ भनेर वडा कार्यालय बाट खबर पाउँदा उनी खुसिले गदगद भए । नया अाफ्नै घर बनाएर बस्न पाउने अाशा बाेकेर मिजारले भाैतिक याेजना तथा निर्माण मन्त्रालय कर्णाली प्रदेश संग नगरपालिकाकाे कार्यालय बाबियाचाैरमा पुगेर सम्झौता समेत गरे ।

मिजारले ढुंगा, बालुवा, सिमेन्ट, सरिया ल्याएर काम सुरु समेत गरेका छन । शहरी बिकास मन्त्रालय बाट घरकाे लागत स्टमेट समेत दिईएकाे छ । मिजारकाे परिवार नै घर बनाउन जग खन्ने देखि सबै काममा जुटे र २ जना दक्ष मिस्त्रि समेत लगाए । प्रदेश सरकारबाट अाएकाे पैसाले कामदार र घरकाे सामाग्री खरिदकाे पैसा दिने साेच बनाएका मिजारलाई अहिले थप समस्या थपिएको छ । चैत १८ गते कर्णाली प्रदेश भाैतिक पुर्वाधार मन्त्रालयकाे च.नं ९१४ काे पत्रले मिजार सहित पञ्चपुरी का ५१ घरपरिवार बिचल्लीमा परेका छन । १ महिना अगाडि कामकाे सम्झाैता समेत गरेकाे मन्त्रालयले अहिले बजेट अभाव देखेर काम अगाडि नवढाउन अादेश दिएकाे छ ।

बिपन्न घर बास नभएका परिवारलाई छानेर सरकारले सहयोग गर्ने भनेको तर अाधा काम गरेर जिम्मेवारीबाट पञ्छिदा जनता अावाशमा परेका परिवारमा थप ऋणको बाेझ थुप्रिएकाे छ । “सधैं ज्याला मजदुरी गरेर कमाउथे, घरपरिवार पाल्ने गरेकाे थिए घर वनाउदा न कमाउन पाएकाे छु घरपरिवार भाेक भाेकै छन, साहुले घर बनाउने सामनकाे पैसा माग्न थाले सरकारले हामी जस्ता गरिवलाई मर्नु न बाच्नु बनायाे” मिजारले भने । मिजारले अहिले घर बनाउने काम बन्द गरेका छन । मिजार जस्तै पञ्चचुरी ८ का बिरवहादुर बिक अाफ्नाे वडाका जनता अावाश निर्माण गर्ने मध्यका १ हुन । उनी ५ जना भवन निर्माण गर्न सहयोग पाउने मध्येका अगुवा पनि हुन । उनलाई समितिकाे संयाेजक बनाईएकाे छ । उनि पनि अाधा घर बनाएर बिचमै छाेड्ने तयारीमा छन । “अरुलाई जमानत राखेर ब्यापारीबाट घर निर्माण गर्न समान ल्याएकाे र अब कसरी तिर्ने भन्ने चिन्ताले निन्द्रा पनि लाग्दैन” बिरबहादुरले भने ।

जनता अावाश कार्यक्रमले निम्न अाय भएका परिवारकाे झन बिचल्ली र मानसिक चिन्ता समेत थपेकाे छ । यता पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले “१/२ जनाकाे घर भए स्थानीय सरकारले सहयोग गर्ने सम्म हुन्थ्यो ५१ घर निर्माण गर्ने भनेर अाधा काम गरेर सरकारले जिम्मेवारी बाट पञ्छिनु राम्रो बिषय हाेईन प्रदेश सरकारले समयमै साेच्नुपर्छ” पञ्छिन नमिल्ने बताए । सरकारले जनता अावाश बनाउन प्रति घर ३ लाख ५० हजार दिने निर्णय समेत गरेकाे छ । नगरपालिका भित्र का ५१ घरपरिवारलाई भेला गराएर सम्झाैता समेत गरेकाे छ । सम्झाैतामा असार मसान्तसम्म घर निर्माण गरिसक्ने भनिएकाे छ ।

सम्झाैता गर्नकाे लागि नगरपालिकामा ५१ घरधुरीले लगानी गर्न नसकिने र यसमा कर्णाली सरकारले सबै काम मा सहयाेग गरिदिन समेत अाग्रह गरेका थिए । असार मसान्तसम्म काम सम्पन्न गर्ने भनिएपछि अहिले धेरैजसाे परिवारले अाधा काम गरिसकेका छन । यसरी बिचैमा नागरिकलाई समस्या पार्ने गरि गरेकाे निर्णय प्रति नागरिकहरु अाक्राेसित समेत बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...