सुर्खेतको वायु प्रदूषण अत्यधिक बढ्यो, सचेत रहन आग्रह

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वायु प्रदूषण अत्यधिक मात्रामा बढेको छ । उपत्यकाको आकाश सोमबार बिहानैदेखि धमिलो देखिएको छ। वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता थुप्रै आगलागीका घटना भइरहेका छन् । उपत्यकामा भइरहेका वन जंगलमा आगलागी हुँदा प्रदूषण बढेको छ ।

अहिले पनि वीरेन्द्रनगर–१४ मा रहेको नलखोला सामुदायिक वन र सिद्ध मालिका सामुदायिक वनको आगो नियन्त्रण बाहिर छ । यसअघि शनिबार संरक्षित क्षेत्र काँक्रेविहार वनमा भीषण आगलागी भएको थियो ।

पछिल्ला केही दिन यता सुर्खेतमा ३९ वटाभन्दा बढी सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

वातावरण विभागले प्रदूषण बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागका प्रवक्ता एवम् उप–महानिर्देशक इन्दु विक्रम जोशीले वीरेन्द्रनगर उपत्यकाको वायु प्रदूषण खराब अवस्थामा रहेको बताए । प्रदूषणबाट विशेष गरी बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित हुने भन्दै सचेत रहन स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...