२३ चैत, सुर्खेत ।

अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । घाँटीमा मासु अड्किएर मृत्यु हुनेमा जिल्लाको साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवर रहेका छन्। चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उहाँको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्याइएको थियो ।
उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो। उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उहाँले बताउनु भयो।