पञ्चपुरी कृषि तथा पर्यटन महोत्सव आजदेखि सुरु छ । पर्यटन खेलकुद तथा सांस्कृतिक सुर्खेतको शान मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान भन्ने उद्देश्य सहित पञ्चपुरी पर्यटन खेलकुद तथा सांस्कृतिक कार्यक्रम आजदेखि पञ्चपुरीमा सुरू भएको हाे । चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ। अधिकारीले महोत्सवले पञ्चपुरी लगायत पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसार गर्न सकेमा थप यस क्षेत्रको विकास हुने बताउनुभएको छ ।
उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिका उद्योग वाणिज्य सङ्घ राजनीतिक दल बजार व्यवस्थापन समिति शिक्षक अभिभावक लगायतको सहभागिता रहेको थियो महोत्सवमा भोलि देउडा गायक लालबहादुर धामी र देउडा गायिका गौरी भट्टको प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।