शनिबार बिदाकाे दिन । सुर्खेतकाे बाबियाचाैर बजार देखी यात्रा तय गरियाे जाजुरा दह पुग्न । पञ्चपुरी ८ मा रहेकाे जाजुरा दह धेरै जसाे पर्यटककाे राेजाईकाे ठाउँ पनि हाे । बाबियाचाैर बजार देखि करिब ७ किलोमिटरकाे दुरीमा रहेकाे दहताल पुग्न हामिले माेटरसाईकलमा जाने निधाे गर्याैं । युनिस ईन्जिनियरिङ्गका सञ्चालक चन्द्र भाट र म बजारबाट १ किलोमिटर पक्कि सडककाे दुरी पार गरेर चतुरे चाेक पुग्यौं । त्यसपछि ग्राबेल बाटाे हुँदै यात्रा अगाडि बढायाैं । यस अघि दहताल पुग्न पैदल २ घण्टा हिड्नुपर्ने अवस्था यतिबेला हटेकाे रहेछ ।

पञ्चपुरी नगरपालिकाले दहताल पुग्नकाे लागि चतुरे देखि नया सडक निर्माण गरेकाे रहेछ, चन्द्र भाट दहताल पहिलाे पटक जाँदै हुनुहुन्थ्यो भने म नयाँ निर्माण गरेकाे बाटाे हेर्ने साेचमा थिएँ । चतुरेबाट हामी नया निर्माण हुँदै गरेकाे बाटाे हुँदै अगाडि बढ्यौं । फराकिलाे बाटाे नया बन्दै गरेकाे हुदा कहि कतै धुलाे थियोे भने कतै खाेला खाेल्सा अनि माेडहरु । हामी करिब ५ मिनेटमै दहथान पुग्यौं । केही उकालाे अनि साना तिना घुम्ती पार गर्दै दहथान माथिकाे अग्लाे डाडामा पुग्यौं । अग्लाे ठाउबाट हेर्दा पञ्चपुरी काे प्रशासनिक क्षेत्र बाबियाचाैर देखिन्थ्यो । तर तुवालाेले गर्दा प्रस्ट भने देखिएन । हामी करिब अाधा घण्टाकाे समय पछि दहताल प्रबेशकाे मुल गेटमा पुग्यौं त्यहा करिब ३० भन्दा बढि माेटरसाईकल जम्मा थिए । बाहिर गेटमै लेखिएको थियोे “पर्यटकीय स्थल दहताल सरसफाइ अभियान” ।

बाहिर बाट फाेटाे लिएर हामी गेट प्रबेश गर्याैं । सफा पानी, मनाेरम बाताबरण, तालकाे बिच भागमा ५-७ जना क्षितिज थापा (क्लवका अध्यक्ष ) काे नेतृत्वमा र्याफ्टिङ्ग गरिरहेका थिए । काठकाे डुङ्गामा काेहि रमाउदै थिए । केही युवा हरु लाईफ ज्याकेट (पानिमा तैरने) लगाएर पाैडिरहेकाे दृश्य देखिन्थ्याे । काेहि पानीमा तैरिरहेका हाँस अनि माछाहरुलाई चाराे खानेकुरा दिदै थिए । लाग्थ्याे त्यहा घुम्न धेरैजना अाएकाे रहेछन । हामी मा बि बुढाखालिका सहायक प्रधानाध्यापक दिपक कुमार जाेशी संगै तालकाे छेउ बाट अगाडि लाग्यौं ।

कतै अागाेकाे धुवा उडिरहेको थियोे कतै हातमा हसिया लिएर काम गरेकाे देखिन्थ्याे । तालकाे छेउछाउमा युवाहरु काेहि ताल भित्र काेही ताल बाहिर काम गरिरहेका थिए । याे दृश्य थियोे बाबियाचाैर स्पाेर्टस क्लव काे । युवाहरु थिए बाबियाचाैर स्पाेर्टस क्लवमा अावद्ध सदस्य तथा खेलाडी हरु । नाम सुन्दा खेल संग सम्बधीत क्लव तर खेलकुद भन्दा पनि शनिबार सामाजिक काममा अग्रसर थिए क्लवका सदस्य हरु । क्लवले तालकाे संरक्षण गर्न ताल वरपरकाे सरसफाइ र ताल भित्रका झारपात समेत हटाएकाे छ ।

यसैबीचमा हामिले क्लवका सल्लाहकार पुर्णबहादुर रावललाई भेट्यौं, सामान्य कुराकानी भयाे । हामिले यति धेरै सहभागी हुन्छन् भन्ने साेचेका थिएनौं धेरैकाे सहभागीता भयाे धेरै खुसि लागेकाे रावलले कुराकानी मै भन्नूभयाे । क्लवले यस अघिनै वडा नं ८ काे कार्यालय बाट ताल सरसफाइ गर्न अनुमति समेत ल्याएकाे रहेछ । नजिकै मन्दिरमा घण्ट, ध्वजा चढाएर धुप बालेर काम सुरु गरेकाे रेडियो डाडादराका अध्यक्ष रामबहादुर बिष्टले जानकारी दिनुभयाे । करिव १ सय भन्दा धेरै युवाहरु सहभागी भएर काम गरेकाे देख्दा स्थानीय नागरिक पनि दङ्ग थिए ।

रावलले सबैजना युवाहरुलाई खानाकाे ब्यवस्था मिलाएर खाना खान अाग्रह गर्नुभयाे । भान्छाकाे काममा चन्द्र रावत खटिनुभएकाे थियोे उहाले सबैलाई खाना खुवाउनुभयाे । सबैजना खाना खाएर सरसफाइमा पुन जुट्न थाले । युवाहरुकाे अभियानमा सहयाेग गर्न नारायण खराल, टिकाराम खराल, केशव पाठक, लाेकबहादुर बुढा, हिरामणी पाैड्याल पनि सहभागी हुनुभएको थियोे । केही समय पछि पञ्चपुरी नगरपालिका काे टिमकाे पनि सहभागीता भयाे । टिममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, हर्कबहादुर बुढा क्षेत्री, प्रकाश न्याैपाने, कमल तिमिल्सिना, बिरबहादुर बुढा सहभागी हुनुहुन्थ्यो । केहि समय र्याफ्टिङ्ग काे अानन्द लिएर नगरपालिकाकाे टिमवाट युवाहरुले गरेकाे कामकाे प्रशंसा भयाे ।

सरसफाइ पछि तालकाे सुन्दरता झनै शाेभायमान भएको छ । सधैं खेलकुद मात्रै नभई क्लवले सामाजिक काम पनि गर्ने रहेछ भन्ने उदाहरण दिन खाेजेकाे अध्यक्ष क्षितिज थापाले भन्नू भयाे । २ अाेटा हाँस तालमा पाल्नकाे लागि क्लबले स्थानीय लाई जिम्मा लगायाे । हाँस पनि ठुलाे तालमा पाैडिन पाउँदा खुसि भएको हामीलाई महसुस भएको थियोे । साझ समीक्षा भयाे सबैजना खुसि मुद्रामा थियौ । अनि तालले अाफ्नाे वरपर सरसफाइ हुदा मनमनै धन्यवाद दिएकाे हामीलाई अनुभूति भयाे । हरेक बिदाकाे दिन केही न केही सामाजिक काम गरेपछि समुदायकाे बिकास हुन्छ भन्ने कुरा बाबियाचाैर स्पाेर्टस क्लबले गतिलाे उदाहरण समेत दिएकाे छ । यसरी समाजमा राम्रो काम गर्नेलाई सबैले साथ र सहयोग गर्न जरुरी देखिन्छ ।
