प्रधानमन्त्री ओलीले एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने

आज एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ हुँदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लाग्नुभएको हो । 

हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ । 

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले जनाएको छ । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...