सुर्खेतको पञ्चपुरी ८ मा शिविर सञ्चालन

37 पटक हेरिएको

२१ चैत, सुर्खेत
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर पञ्चपुरीमा सञ्चालन गरिएको छ। पहुँच तथा समावेशीकरण परियोजना आइएनएफ सुर्खेत, पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौर सुर्खेतको समन्वय र पञ्चपुरी नगरपालिका वडा नम्बर ८ को कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र उपचार सम्बन्धी परामर्श र जानकारी दिइएको छ । साइनिङ अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरूद्वारा शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका वडा नं ८ मा अध्यक्ष दिपक कुमार थापाले वडालेअपाङ्गता भएका व्यक्तिहरूका लागि निरन्तर काम गरिरहेको बताउँदै समावेशीकरण परियोजनाले गरेको काम उदाहरणीय भएको बताउनु भएको छ । साथै थापाले अपाङ्गता परिचय पत्र बनाउन भत्ता प्राप्त गर्न मात्र नभई विभिन्न राज्यका सेवा सुविधा लिनको लागि सहज हुने भएको हुँदा अपाङ्गता भएका व्यक्तिहरूले अनिवार्य बनाउनुपर्ने बताउनुभएको छ। उद्घाटन कार्यक्रममा वडा सदस्य काेपिला बिकले स्वास्थ्य परीक्षण महत्वपूर्ण भएको हुँदा यसलाई वडा कार्यालयले सुरुवात गरेको बताउनुभएको छ । साथै उहाँले समन्वय र सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद समेत दिनुभएको छ। शिविरमा अपाङ्गता भएका २३ जनाले सेवा लिएका छन् भने बैशाखी एक जोर एल स्टिक ४ थान र बेल्ट ५ थान वितरण गरिएको आइएनए सुर्खेत पहुँच तथा समावेशीकरण परियोजना पञ्चपुरीका टिम लिडर उदय हमालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...