१३ अाै राष्ट्रपति कप रनिङ शिल्ड छनाैट प्रतियोगिता मा सबैलाई पछि पार्दै बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैर प्रथम भएको छ । जनसृजना माद्यामिक बिद्यालय तातापानीकाे खेल मैदानमा चैत १८ गतेदेखी सुरु भएको खेलकुदमा बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैरले १२ स्वर्ण,१६ रजत,५ कास्य पदक प्राप्त गरेर प्रथम भएको छ भने सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटे १२ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित दाेस्राे भएको छ । त्यसैगरी ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित बिद्याभुमी एकेडेमी तेस्रो भएको छ । यस्तै जनसृजना माद्यामिक बिद्यालय तातपानीले ४ स्वर्ण, ५ कास्य, जनता माद्यामिक बिद्यालय बिद्यापुरले २ स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गरेका छन ।
जनज्योति माद्यामिक बिद्यालय जामु १ स्वर्ण ३ रजत र ३ कास्य, मालिका माद्यामिक बिद्यालय पैसराले १ स्वर्ण, १ कास्य र नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय बुढाखाली ले १ कास्य पदक प्राप्त गरेकाे शिक्षक दिनेश प्रसाद ढकालले जानकारी दिनुभएको छ । भलिबलमा जनसृजना माद्यामिक बिद्यालय तातापानी, कबड्डिमा बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैर, एथलेटिक्स मा सुर्यप्रकाश माध्यमिक बिद्यालय पलैटे र करातेमा बिद्याभुमी एकेडेमी प्रथम भएका छन ।
प्रतियोगिताकाे समापन कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले बिजेता बिद्यालय र बिद्यार्थीलाई बधाई तथा धन्यवाद समेत दिनुभएको छ । नतिजा प्राप्त गर्ने खेलाडीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । समापन कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम सिजापतिकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।