वडाध्यक्ष तिमिल्सैनाद्वारा वडामा निर्माण भइरहेका दुई विद्यालयको अनुगमन

कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा निर्माण भैरहेका दुई वटा विद्यालयको अनुगमन गरिएको छ ।
कमलबजार नगरपालिका वडा नम्बर ५ कुइकाका वडाध्यक्ष सत्यराज तिमिल्सैनाको नेतृत्वमा वडा नम्बर ५ मा निर्माण भइरहेका विद्यालयको अनुगमन गरिएको हो । वडाध्यक्ष तिमिल्सैना लगायत जनप्रतिनिधिहरूको टोली आजभोलि वडाका विभिन्न निर्माण भइरहेका विद्यालयको धमाधम अनुगमन गरिरहनुभएको छ ।

आज वडाको महाकाली माध्यमिक विद्यालयको घेरा पर्खाल निर्माण कार्यको र सोही वडामा रहेको भुवनेश्वरी आधारभूत विद्यालयको खेलमैदान र घेरा पर्खाल कार्यको अनुगमन गरिएको वडाध्यक्ष सत्यराज तिमिल्सिनाले बताउनुभयो । यस्तै महाकाली माध्यमिक विद्यालयको घेरा पर्खालको काम अन्तिम चरणमा पुगेको तथा केही दिनमा निर्माण कार्य सम्पन्न हुने बताउनुभयो ।

भुवनेश्वरी आधारभूत विद्यालय को खेलमैदान र घेरा पर्खालको कार्य धमाधम भइरहेकोे बताउनुभयो । साथै अध्यक्ष तिमिल्सिनाले निर्माण कार्य भइरहेकै बेला अनुगमन गर्दा काम गुणस्तरीय छ या छैन भन्ने कुराको यकिन गर्न सकिने भएकाले निर्माणको काम भइरहेकै बेला अनुगम गर्न थालिएको बताउनुभयो । यस्तै अनुगमनका क्रममा उहाँले विद्यालयहरूमा निर्माण भइरहेका कामकार्य गुणस्तरीय भएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...