खानेपानी मुल समितिकाे अध्यक्ष मा न्युरे चयन,

28 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं १,२ र ३ का नागरिक हरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ बृहत सालकोट खानेपानी मूल समिती गठन गरिएको छ । डिलबहादुर रास्काेटी काे अध्यक्षतामा बसेकाे भेलाले डिल्लीराम न्युरेलाई अध्यक्षमा चयन गरेकाे छ ।

त्यसैगरी उपाध्यक्षमा भक्ती भण्डारी, सचिव रामलाल चपाई, काेषाध्यक्षमा टीका राना रहनुभएकाे छ । त्यस्तै सदस्यहरुमा रत्नदेब गिरी, डिलबहादुर राेकाय, तारा भण्डारी, काला सिजापती र सरुपा रास्काेटीलाई चयन गरेको छ । नया कार्यसमितिले वडा नं १,२ र ३ का सबै भेगमा भएको खानेपानी समितिलाई स्किम बिभाजन गरि करिव १८ सय घरधुरीलाई १ घर १ धारा बितरण गर्ने याेजना लिएको छ ।

नया कार्यसमिति लाई वडा नं १ का अध्यक्ष धनबहादुर थापा, वडा नं २ का अध्यक्ष जगतबहादुर बिसी र वडा नं ३ का अध्यक्ष रत्न धुरालले सफल कार्यकालकाे शुभकामना समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...