पञ्चपुरीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

186 पटक हेरिएको

१९ चैत, सुर्खेत ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री प्रवाह कार्यक्रम गरिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि सामग्री प्रदान गरिएको हो । पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौर सुर्खेतको समन्वय पञ्चपुरी नगरपालिकाको कार्यालय र आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण कार्यक्रमकाे साझेदारीमा करिव ७ लाख बराबरको रकमबाट पञ्चपुरीका ५० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका १० जनालाई ह्विलचेयर ५ जोर, वैशाखी ५ जाेर, वाकर ५ जोर, म्याट्रेस बेड १० वटा, सेतो छडी ५ थान, ट्वाइलेट कुर्ची १० थान, एल स्टिक १० थान र एल्बो कर्चेसी २ थान वितरण गरिएको आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजना पञ्चपुरीका टिम लिडर उदय हमालले जानकारी दिनुभएको छ।

कार्यक्रममा पहुँच तथा समावेशीकरण परियोजना आइएनएफका परियाेजना प्रमुख लाेक प्रसाद गाैतमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउनको लागि नगरपालिका र परियोजनाले काम गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिनको लागि पहल भइरहेको बताउनुभएको छ । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीलाई व्यवस्थित र जतनकामा साथ चलाउन सल्लाह दिनुभएको छ। त्यसैगरी कार्यक्रममा नगरपालिकाका प्रमुख लालवीर भण्डारीले पञ्चपुरी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन र जीवनयापन सहज बनाउनको लागि आगामी योजनामा समेत बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ।

कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता परिचयपत्र बनाउन चासो नदिने गरेको बताउँदै राज्यका सेवा सुविधा लिनको लागि अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । त्यसैगरी पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीले सहयोगी निकायलाई धन्यवाद समेत दिनुभएको छ । सहायक सामग्री प्राप्त गरेपछि सेवाग्राहीले स्थानीय सरकारले गरेको कामकाे धन्यवाद दिदै खुसी ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...