वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका सदस्यहरुलाइ बित्तिय साक्षरता सम्बन्धि जानकारी दिएको छ । सुर्खेतको पञ्चपुरीमा रहेका सेवा केन्द्रका सदस्य हरुको भेलामा सहकारीको सिद्धान्त, सहकारीका मूल्य मान्यता र उद्देश्यको बारेमा जानकारी दिईएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष बमबहादुर बिसीले सहकारीहरुलाइ मर्ज गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बिसीले सहकारिबाट ऋण लिएर अन्य लघुबित्तको ऋण तिर्ने परिपाटी भएमा प्रगति नहुने हुदा त्यसो नगर्न सदस्यहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीले सहकारीहरुले अवस्था अनुसार ऋण लगानी गर्न सुझाव दिनुभएको छ ।
अनावश्यक रुपमा ऋण लगानी गर्दा सहि सदुपयोग नभएकै कारण समुदायमा सहकारी प्रति हेर्ने दृष्टिकोण फरक भएको समेत बताउनुभएको छ । सहकारीले प्रत्येक नागरिकको जिवनस्तर सुधारका कार्यक्रम ल्याएमा स्थानीय सरकारको तर्फबाट सधैं सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रममा सहकारीमा आवद्द करिव १ सय जना भन्दा बढिको सहभागीता रहेको थियोे ।
