नेपाली काङ्ग्रेस पञ्चपुरी ८ काे वडा कार्यसमितिकाे भवन निर्माणकाे कामले तिब्रता लिएको छ । वडा नं ८ काे दुलालथाईमा निर्माण हुन लागेकाे पार्टीको कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माणकाे काममा अहिले भवनकाे पर्खाल निर्माणकाे काम भैरहेकाे छ ।
वडामा भएका नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य तथा सहयोगी निकायहरुबाट सहयाेग जुटाएर भवनकाे पुर्णता दिने काम गरिरहेकाे वडा सभापति सुशील घिमिरेले जानकारी दिनुभएको छ । पार्टीकाे अाफ्नै भवन निर्माण भएपछि संगठन थप मजबुत बनाउन सहज हुने घिमिरेले बताउनुभयो ।
सबै संग सहयाेग जुटाएर काम गरिरहेकाे र संकलन भएको रकमकाे अार्थिक पारदर्शिता हुने समेत उहाले बताउनुभएको छ । साथै घिमिरेले सहयोग गर्ने प्रतिबद्धता जनाएका सहयोगदाताहरुवाट रकम संकलनकाे काम भैरहेकाे र सहयोगकाे लागि सबै संग अपेक्षा समेत राख्नुभएको छ ।
भवन निर्माणकाे भुमिकामा रहनुभएका वडाका पार्टी सचिव ललित सुनारले काम तिब्र रुपमा भैरहेकाे र अागामि बैशाख २ गते सम्म भवन उद्घाटनकाे तयारी गरिने बताउनुभएको छ । भवनकाे सम्पुर्ण तयारीका लागि करिव १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।