घाटगाउका कबिराजकाे घर बनाउन ४ लाख सहयोग,

22 पटक हेरिएको

सुर्खेतकाे चाैकुने गाउपालिका ९ घाटगाउका कबिराज जैशी सञ्ज्यालकाे घर निर्माणका लागि सहयाेग रकम जुट्न थालेकाे छ । दक्षिण कोरियामा कार्यरत सामाजिक अभियानता तथा समाज सेवि आशाराम ढुंगाना को एकल पहलमा संकलन रकम भएको रु २ लाख १ हजार र मध्यपश्चिम सेवा समाज कुबेत का अध्यक्ष गणेश रावत बाट संकलित रकम २ लाख गरि ४ लाख १ हजार अाज एक कार्यक्रमका बिच घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

रकम कर्णाली प्रदेश दक्षिण कोरिया सहयोग समितिका निबर्तमान अध्यक्ष लोकेश खर्ती, सल्लाहकार दुर्गा प्रसाद ढकाल एबम नेपाल ट्रेड युनियन महासंघ जिफण्ड का अध्यक्ष तेज प्रसाद जि सि , सचिब श्रीपाल सारु मगर , सहसचिव भिम प्रसाद न्यौपाने सदस्य जीवन गौतम, निर्वाण ब्यवसायी संघ का अध्यक्ष सम्भु पौडेल लगाएतको टिमले कबिराजकाे घरमै पुगेर रकम हस्तान्तरण गरेकाे हाे ।

जैशी दृष्टिबिहिन भएको र पारिवारिक अवस्था नाजुक भएको हुदा भवन निर्माणका लागि अभियान थालिएको घर निर्माण संयोजक रङ्ग प्रसाद ढुङ्गानाले बताउनुभयो । जैशीलाई अायअार्जनका लागि एउटा बाख्रा समेत दिईएकाे छ । सहयोग वडा अध्यक्ष नवराज जैशीकाे राेहवरमा प्रदान गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...