माेहन्याल गाउपालिका अध्यक्ष रावलकाे निधन,

  • (लिलाजंग शाही)

मोहन्याल गाउपालिका कैलालीका गाउपालिका अध्यक्ष नवलसिंह रावलकाे उपचारको क्रममा निधन भएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार ७७ बर्षका रावलको उपचारको क्रममा अन्नपूर्ण न्युरो अस्पताल काठमाडौमा अाज बिहान निधन भएको हाे ।

नवल सिह रावलको राजनीति जिवनी ,

रावल बुवा गिरि रावल र आमा लालमती रावलका ६ छोरा र ४ छोरी मध्य माइला छोरा हुन । उनको १ श्रीमती ३ छोरा २ नाति १ पनाती छ्न । २००१ सालमा अछामको हाल पन्चदेवल नगरपालिका ८ लयाटी जन्मनुभएका रावल २०२२ सालमा कैलाली जिल्लाको हाल मोहन्याल गाउपालिका वडा नम्बर ७ कुइनेमा बसाइँसराइ गर्नु भएको थियोे । साबिक सुगरखाल गाउँ पन्चायतमा बि स २०२९ सालको गाउँ पन्चायत को निर्वाचन प्रधान पन्चमा निर्वाचित हुनु भएको थियो । बि सं २०३२ सालमा कैलाली जिल्ला पन्चायतको सदस्यमा निर्वाचित हुनु भएको थियो । बि सं २०३९ सालको स्थानीय निकायको निर्वाचन दोस्रो पटक प्रधान पन्चमा निर्वाचित हुनु भयो ।२०४३ सालको स्थानीय निकायको निर्वाचनमा पुन तेस्रोपटक प्रधान पन्च मा निर्वाचित हुनु भयो।साविक सुगरखाल गाउँ पञ्चायत२०४५ सालको स्थानीय निकायको उप निर्वाचन पुनः चौथो पटक प्रधान पन्चमा निर्वाचित हुनु भयो ।

बि सं २०४६ सालको राजनिती परिवर्तन पछि उहाँ नेकपा एमाले मा आवद्ध भएर २०४९ सालको स्थानीय निकायको निर्वाचनमा पाँचौं पटक साबिक सुगरखाल गाउबिकास समितिको नेकपा एमाले बाट अध्यक्ष मा निर्वाचित हुनु भएको थियो । संघीयत लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ मा हाल मोहन्याल गाउपालिकाको अध्यक्षमा नेकपा एमाले बाट निर्वाचित हुनु भएको हो । रावल ६ पटक स्थानीय तहको प्रमुख र १ पटक जिल्ला पन्चायतको सदस्य सहित ७ पटक जिम्मेवारी सम्हाल्नुभएकाे थियोे ।

बिकास क्रम

उहाँको कार्यकाल साबिक सुगरखाल गाबिसमा करिब ३ दर्जन भन्दा बढी सामुदायिक स्कुल स्थापना, २०३६ सालमा सुगरखाल सुकुम्बासी समस्या समाधान जग्गा नाप, १५ सैयाको अस्पताल, प्राबिधिक शिक्षा, स्वास्थचौकी, स्वास्थ इकाइ, सडक संजाल मोहन्याल गाउपालिका , अध्यक्ष कृषि आधुनिक परियोजना, लिप्ट सिचाइ, खानेपानी, पर्यटनको बिकास, चिसापानी, खिमडी जल यात्रा, राजकाडा चोसेकाडा हुँदै कटौजे सडक निर्माणकार्य,२०३८ र ,२०४३ साल रास्टिय पन्चायत लगायत बिकास निर्माण कार्य भएका छ्न । २०३६ साल उत्कृष्ट कार्य गरे बापत राजा बिरेन्द्र बाट गोर्खा दक्षिणबाहु बाट र कृषि क्षेत्रमा योगदान गरे बाफत रास्ट्रपति द्वारा सम्मानित हुनु भएको थियो।

सदस्य कैलालीको माननीय २०४३ साल जिल्ला पन्चायत सभापति, २०५४ सालमा नेकपा एमाले बाट जिल्ला बिकास समितिको उप सभापति, २०५६ सालमा नेकपा माले बाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य, २०७० सालमा नेकपा एमाले बाट समानुपातिक उम्मेदवार समेत हुनु हुन्थ्यो ।

रावललाई अाज नै काठमाडौं बाट ल्याउने तयारी भएको र भाेली महाेन्यालकाे साेल्टामा दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएको छ ।

भावपुर्ण श्रद्धाञ्जली सहित परिवाजनमा समबेदना प्रकट गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...