बराहताल गाउँपालिकाको बड्डिचौरमा हाटबजार संचालन

66 पटक हेरिएको

१७ चैत,सुर्खेत-

सुर्खेतको बराहताल गाउँपालिकामा हाट बजार संचालनमा आएको छ। गाउँपालिकाको बड्डिचौरमा सुरु भएको हाट बजारको गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो। हरेक हप्ताको शनिवार हाटबजार संचालनमा आउने अध्यक्ष भण्डारीको भनाई छ।

हाटबजार सञ्चालनले गाउँपालिकाको आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने अध्यक्ष भण्डारीले बिश्वास ब्यक्त गर्नु भयो। कृषकहरूले आफ्ना उत्पादनहरूको उचित मूल्य प्राप्त गर्ने तथा उपभोक्ताहरूलाई आवश्यक वस्तुहरू सहज रूपमा उपलब्ध गराउने वातावरण सिर्जना गर्ने उल्लेख गर्नु भयो। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गराउने उद्देश्यले यो हाट बजार सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले बताउनु भयो। गाउँपालिकाले सबै स्थानीय बासिन्दालाई आवश्यक सामग्री खरिद तथा विक्री गरि यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ। हाट बजारमा कृषकहरूले आफ्ना कृषि उपजहरू उचित मूल्यमा बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाटबजार उद्घाटनको अवसरमा नेपाल टेलिकम सुर्खेत शाखाले २०१ वटा निःशुल्क प्रीपेड सिम वितरण गरेको छ भने २३ वटा पोस्पेड सिमलाई घर-आँगनमै प्रचलित नियमानुसारको शुल्कमा उपलब्ध गराएको छ। हाटबजार सञ्चालनले गाउँपालिकाको आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ। उहाँले कृषकहरूले आफ्ना उत्पादनहरूको उचित मूल्य प्राप्त गर्ने तथा उपभोक्ताहरूलाई आवश्यक वस्तुहरू सहज रूपमा उपलब्ध गराउने वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search