दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ पानिपोखरीमा शनिवार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेल रहेकी छन।
चट्याङ्ग लागेर गम्भीर घाइते भएपछि उपचारका लागि सुर्खेत ल्याउदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताउनुभयो।
सोहि समयमा चट्याङ्ग लागेर एउटा बोका समेत मरेको जनाइएको छ। दैलेखमा दिउँसो करिब ४ बजेतिर हावाहुरीसहित वर्षा भएको थियो। त्यही समयमा चट्याङ परेको हो।