हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था पञ्चपुरी ५ सुर्खेतकाे निर्माण हुनलागेको ५ काेठे भवनकाे अाज शिलान्यास गरिएको छ । पञ्चपुरीकाे बाबियाचाैर बजारमा बन्न लागेकाे सहकारी भवनकाे पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले शिलान्यास गर्नुभएको हाे । पशुपंक्षी बिकास निर्देशनालय सुर्खेतकाे ९ लाख र सहकारीको ९ लाख गरि १८ लाखकाे लागतमा भवन निर्माण हुने सहकारीका सचिव टिकाराम खरालले जानकारी दिनुभयो । दूध चिस्यान केन्द्र स्थापना गर्ने याेजनाका साथ बन्ने भवनमा दूध प्याकेजिङ्ग, दुधबाट बन्ने अाईस क्रिम र डेरी समेत संचालन हुने भएको छ ।
सामग्री खरिद र ब्यवस्थापन का लागि निर्देशनालयले १५ लाख ५० हजार सहयोग गर्ने भएको छ । सहकारीले अवकाे २ महिना भित्र भवन निर्माण गरि सेवा प्रदान गर्ने सहकारीले जनाएको छ । करिब ५ सय भन्दा बढि सदस्य रहेकाे सहकारीले यस अघि दूध डेरी, तरकारी खेती, पशुपालन ब्यवसाय संचालनका लागि सहयाेगका कार्यक्रम संचालन गर्दै अाएकाे छ ।
भवन शिलान्यास कार्यक्रममा सहकारीका अध्यक्ष भुपेन्द्र सिजापती, उपाध्यक्ष बिष्णा सावद, काेषाध्यक्ष मानबहादुर वयक सदस्य उदय सिजाली, ठगबहादुर कठायत लगाए बिरबहादुर सलामी,कर्णबहादुर तारामी, चन्द्रबहादुर कठायत, ब्यवस्थापक गाेविन्द सिजालीकाे सहभागीता रहेकाे थियोे ।