सुर्खेत काे पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैर बजारमा राेकि रहेकाे ४ अाेटा गाडिमा मिनिबसले ठक्कर दिएकाे छ । सुर्खेत काक्रेबिहार यातायात प्रालिकाे कर्णाली प्रदेश ०२, ००१ ख ०१६५ नं काे मिनिबसले राेकि राखेकाे भे १ ज ९८६ नं मुस्ताङ जिप , लु अ अ म ६०७८ नं मिनि ट्रक, से ५ प ५०७७ र लु ५२ प ७१२८ नं माेटरसाईकललाई ठक्कर दिएकाे छ ।

पञ्चपुरी ९ काे राग देखि वीरेन्द्रनगर जान लागेकाे मिनिबस बाबियाचाैर बजारमा राेकिरहेकाे र यात्रुले गित बजाउनकाे लागि गाडि चालू गर्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बाबियाचाैरले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ठक्कर दिने र क्षति भएको गाडि र माेटरसाईकल लाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात समितिहरु बिच समस्याकाे समधानका लागि सबै पक्ष बिच छलफल हुने भएको छ ।

