पञ्चपुरीका ९५ स्वास्थ्य स्वयं सेबिकाहरुलाइ स्ट्रेचर बितरण गरिदै,

40 पटक हेरिएको

समयमै बिरामी र सुत्केरीलाइ अस्पताल पु¥याउन सहज होस भनेर पछिल्लो समयमा पञ्चपुरी नगरपालिकाले प्रत्येक वडाका स्वास्थ्य स्वयंसेबिकाहरुलाइ स्ट्रेचर बितरण गर्न थालेको छ ।

पञ्चपुरी नगरपलिका भित्र सबै ठाउमा सजिलै एम्बुलेन्स पुग्न नसक्ने भएको कारण वडामा रहेका स्वास्थ्य स्वयंसेबिकाहरुलाइ १-१ थान स्ट्रेचर बितरण गरिएको हो । नगरपालिकाको सहयोगमा ९५ जना स्वास्थ्य स्वयंसेबिका र दुर्गम क्षेत्रको स्वास्थ्य संस्थालाइ पनि स्ट्रेचर बितरण गरेको स्वास्थ्य शाखा बाबियाचौरका हेल्थ असिस्टेन्ट मनोहर उपाध्यायले जानकारी दिनुभएको छ ।

स्टेचर सालकोट, बाबियाचौर, छाप्रे र तातापानीमा बितरण गरिएको र अब केही दिनमै बिद्यापुरमा बितरण गर्ने शाखाले जनाएको छ । स्ट्रेचर बितरणमा सहभागि हुदै नगर उप प्रमुख मुक्ति रेग्मीले स्ट्रेचर नपाएर समयमै अस्पताल पु¥याउन नसकेर सुत्केरीको अकालमै ज्यान नजावस भनेर प्रत्येक टोलमा बितरण गरिएको बताउनुभएको छ ।

सुत्केरी भएको समयमा पोषिलो खाना खुवाउनको लागि नगरपालिकाले सुत्केरी भए बापत २ हजार दिने गरेको पनि रेग्मीले बताउनु भएको छ । नगरपालिकाले समुदायमा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निभाउने नगरपालिका अन्तरगतका स्वास्थ्य स्वयंसेबिकाहरुलाइ मासिक १ हजार प्रोत्साहन भत्ता पनि उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...