पञ्चपुरीमा रहेका किशोरीहरूलाई आत्मरक्षा तालिम,

56 पटक हेरिएको

१३ चैत, सुर्खेत
सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेका किशोरीहरूलाई आजदेखि मनोसामाजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम सुरु गरिएको छ । टिडिएच जर्मनको आर्थिक सहयोग तथा आवाज संस्था सुर्खेतको आयोजनामा पाँच दिने तालिम सुरु गरिएको हो । पञ्चपुरी नगरपालिकामा रहेका बालसमूहका २५ जना किशोरीहरूलाई तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले किशोरीहरू माथि विभिन्न किसिमका हिंसाहरू हुने गरेको र यसबाट बच्नको लागि तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले तालिम सिकेका किशोरीहरूले समूह तथा विद्यालयमा यस विषयमा जानकारी दिन सकेमा थप तालिमको प्रभावकारिता देखिने बताउनुभएको छ । तालिममा मनोसामाजिक समस्या, यसको समाधान, आत्मरक्षा, किशाेरीहरूमा आइपर्ने समस्याहरूलाई गर्नुपर्ने समाधान र प्रतिकारको बारेमा जानकारी दिइनेछ । तालिमले किशोरीहरूलाई अधिकारको संरक्षण गर्दै यौनशोषण, दुर्व्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफूलाई सुरक्षित गरी आत्मरक्षा गर्ने भन्ने सिप किशोरीहरूलाई सिकाएर थप सशक्त सक्षम र आत्मविश्वास वृद्धि गराउन यो तालिमको आयोजना गरिएको आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिनुभयो । तालिम उद्घाटन सत्रकोको सञ्चालन संस्थाका सामाजिक परिचालक कल्पना नेपालीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...