कमलपोखरी महिला कृषि सहकारी संस्थाको प्रथम साधारण सभा अछामकाे कमलबजार नगरपालिकामा आज सम्पन्न भएको छ । कमलपोखरी महिला कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमल बजार नगरपालिका का नगरप्रमुख यज्ञप्रसाद ढकाल रहनुभएको थियो भने विशिष्ट अतिथि उपप्रमुख शारदाकुमारी बिष्ट रहनुभएको थियो।
यस्तै वडा नम्बर २ का वडा अध्यक्ष दीर्घा, टमट्टा प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट, कृषि शाखा प्रमुख सुनिल कुँवर, वाक नेपालका पदम जंग कुँवर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो ।
उक्त साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख यज्ञ प्रसाद ढकाले सहकारी संस्थाले आर्थिक रूपमा मजबुत बनाउने भएकाले सबै वर्गका महिलालाई समेटेर लैजान आग्रह गर्नुभयो । यस्तै उहाँले संस्था मा त्यस्ता व्यक्तिहरूको संस्था गठन हो जुन व्यक्ति सो इच्छाका रुपमा एकजुट भई आफ्ना सामान आर्थिक सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय भएको बताउनुभयो ।
यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै नगर उपप्रमुख शारदा कुमारी बिष्टले सहकारी संगठन आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरूद्वारा सञ्चालन गरिने व्यावसायिक प्रतिष्ठान भएको बताउँदै त्यसैले विशेष गरेर महिलाहरूले एकजुट भएर लाग्न पनि आग्रह गर्नुभयो। संस्थाकी पुष्पा सुनुवार को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमला कुमारी कडायत खड्काले गर्नुभएको थियो ।