सुर्खेतमा गुडिरहेकाे बसमा आगलागी,

सुर्खेत । सुर्खेतमा गुडिरहेकाे यात्रुबाहक बसमाथि आगलागी भएको छ । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा शुक्रबार दिउँसो करिब ४ बजेकाे समयमा सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो । बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...